आज चितवनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

२०७७ माघ १७ गते, शनिबार

भरतपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओलीले आज भरतपुरमा पार्टीको विशाल सभालाई सम्बोधन गर्ने भएका छन् ।
नेकपा चितवनले आयोजना गरेको जनसभालाई ओलीले मध्यान्ह साढे १२ बजे सम्बोधन गर्न लागेका हुन् । सभा भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने नेकपा चितवनका कार्यालय संयोजक पार्वती रावलले जानकारी दिएकी छिन् ।
जनसभामा गाउँगाउँबाट आउने कार्यकर्ता ठूलो संख्यामा उपस्थिति रहनेछन् । सभास्थलमा आउने कार्यकर्तालाई तीन ठाउँमा जम्मा भएर ¥यालीसहित आउने व्यवस्था गरिएको छ ।
पूर्वबाट आउने कार्यकर्तालाई भरतपुरको वसन्तचोक, पश्चिमबाट आउने जनसमुदायलाई चौबीसकोठी र उत्तरबाट आउने जनसमुदायलाई मालपोतचोकमा जम्मा भई र्‍यालीसहित आउने व्यवस्था गरिएको छ ।
र्‍याली र सभालाई व्यवस्थित गर्न ठूलो संख्यामा स्वयंसेवक परिचालन गरिएको नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।
जनसभालाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

199 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal