‘सैन्य कू’ को आशंकामा म्यानमारकी नेतृ आङ सान सूकी गिरफ्तार

२०७७ माघ १९ गते, सोमबार

एजेन्सी । म्यानमारकी नेतृ आङ सान सूकी पक्राउ परेकी छन् । सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको सो पार्टीका प्रवक्ताले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सेना र सरकारबिच तनाव चलिरहेका बेला सूकी पक्राउ परेकी हुन् । सूकी पक्राउ परेसँगै सैन्य कू को आशंका बढेको छ ।
गएको नोभेम्बरमा भएको चुनावमा सुकीको एनएलडीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो । तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।
सन् २०११ सम्म म्यानमारमा सैनिक शासन थियो । बर्माका रुपमा समेत चिनिने म्यानमारकी नेतृ सूकीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो ।
गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबारका लागि बोलाइएका बेला सूकी पक्राउ परेकी हुन् ।
सूकी पक्राउ परेसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यस्तै अरु प्रजातन्त्रवादी नेताहरु पनि पक्राउ परेको उल्लेख छ ।
राजधानीसहितका प्रमुख शहरहरुमा ठूलो संख्यामा सैनिक तैनाथ भएको बिबिसीले उल्लेख गरेको छ ।

274 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal