ओलिमय बन्यो कपिलबस्तु ,पार्टी कार्यालयमा एमालेको बोर्ड

२०७७ फाल्गुन २५ गते, मंगलवार

कपिलबस्तु । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि देश भरी पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन् । सर्वोच्च अदालतको निर्णय पश्चात कपिलवस्तुमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले कार्यकर्ताहरूले बिर्तामोड स्थित पार्टी कार्यालयमा मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको नाम मेटाएर एमाले राखिएको हो ।

अब पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएपछि कार्यालय पुनः सञ्चालनमा आएको जिल्ला अध्यक्ष झबिलाल पोखरेलले बताएका छन् । यता एमालेले आफ्नो पार्टी कार्यालय सञ्चालनमा ल्याएपछि माओवादी केन्द्र पनि छुट्टै पार्टी कार्यालय सञ्चालनको तयारीमा रहेको बुझिएको छ ।

391 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal