अन्नपूर्णले खोजेको ,फेवाले रोजेको नेता राजिब पहारी ( भिडियो सहित )

२०७७ फाल्गुन २८ गते, शुक्रबार

पोखरा । विश्वको प्रयटकीय स्थल कास्की पोखरा लेक साइडमा जन्मनु भएका राजिब पहारी अहिले कास्की क्षेत्र नं ३ बाट प्रदेश सांसद हुनुहुन्छ ।राजिब पहारी सानै उमेरबाट जिग्यासु , कर्मशील,लगनशील , निडर र सिर्जनशील हुनुहुन्थ्यो। १३ बर्ष कै कलिलो उमेर मा पञ्चायत विरुद्धको २०४६ सालको जनआन्दोलनमा अग्रभागमा रहेर आफ्नो भुमिका निभाउनुभएका पहारी १७ बर्षको उमेरमा अनेरास्ववियु कास्की जिल्लाको अध्यक्षमा चयन हुनुभयो । सानै उमेरमा जिल्ला अध्यक्षमा रहेर काम गर्ने अवसर प्रायः कम मानिसहरुले नै पाउंछन। तर राजिब पहारिमा नेतृत्व गर्ने क्षमता, तरिका र सक्षमता थियोे ।

सपनामा महल बनाउनु भन्दा यथार्थमा झुपडी बनाउनु पर्छ भन्ने सिद्धान्त बाट प्रभावित नेता पहारी जब देशको सबैभन्दा ठूलो र सक्षम क्याम्पस पृथ्वीनारायण क्याम्पस को स्ववियु सभापति बन्नुभयो । त्यति बेला उहाँले क्याम्पस को भौतिक तथा शैक्षिक उन्नतिको लागि गरेको योगदान बापत उहाँ लाई देशभर बाटै नमुना स्ववियु सभापति को उपाधि बाट त्रिभुवन विश्वविद्यालयले उहांलाई सम्मानित गर्यो। विद्यार्थी राजनीति सङ्सङै कास्किमा पार्टीमा पनि प्रभावकारी भुमिका निभाउदै जब युवा संघको केन्द्रिय नेतृत्वमा पनि आफुलाइ स्थापित गराउन सफल हुनुभयो । दुरदर्शि भिजन भएका पहारिले युवा संघको नेतृत्व गर्दा देशभरका युवाहरु लाई एकजुट गराइ राम्रो मार्ग निर्देश गर्नु भयेको थियो । पहारी युवा संघको केन्द्रिय अध्यक्ष हुदा देश भरकै युवाहरुमा रास्ट्र र राष्ट्रियताको भावना बिकास गराउनु भएको थियो । राजिब पहारी युवा अध्यक्ष भएको बेला नेपालले नया संबिधान पायो । नयाँ संबिधान को हर्ष , खुसी र उत्साह सङै भारतीय नाकाबन्दी ले सम्पुर्ण नेपाली हरुलाइ पीडा दिइरहेको थियो । त्यतिबेला राजिब पहारिले हिमाल , पहाड , तराइ कोहि छैनन पराइ भन्ने सन्देश लिएर मधेस जागरण तथा संबाद अभियान लाई तिब्रता दिदै तराइ झर्नु भयो । जब राजिब पहारी यो अभियान लिएर तराइ झर्नुभयो , उहाँले सम्पूर्ण देशभक्त नेपाली हरुबाट स्याबासी समेत प्राप्त गर्नु भयो । उहालाइ सिङ्गो मधेसले राम्रो नेता मान्न थाल्यो ।

राजिब पहारी आफ्नो कुशल नेतृत्वका कारण हरेक सामाजिक ,राजनीतिक परिवर्तनका आन्दोलनका सफल नेता मानिन्छन् । उनले तराइ बासी नेपालि हरुमा रहेको पहाड बिरोधी भावनालाइ युवा जागरणको माध्यम बाट सामाजिक सद्भाव र राष्ट्रिय भावनाको बिकास गराउन सफल हुनुभयो । २०७४ मङ्सिर २१ गते सम्पन्न भएको प्रदेश सभा निर्वाचन मा राजिब पहारी कास्की क्षेत्र नं३ (ख) बाट निर्बाचित हुनुभयो । युवा अवस्थाको क्रियाशिल समयमा आफुलाइ राजनैतिक तथा सामाजिक बिकासमा भुमिका ,युवा हरुको भरोसा , बच्चा देखि वृद्ध सम्मका ढुकढुकी , कास्कीका जनताका भबिष्य तथा न्यायप्रेमी जनसमुदायका बिश्वास राजिब पहारिले प्रदेश सभाबाट निर्बाचित भैसकेपछि पोखरा को बिकास निर्माणका काम हरुमा हलचल नै पैदा भएको छ । राजिब पहारिले पोखरा को बिकास निर्माणका काम हरुको लागि बजेट बिनियोजन गराउने देखि कार्यान्वयन गर्ने सम्म का कामहरुमा ठुको भुमिका निर्बाह गर्नु भएको छ । सानै उमेर देखि पोखरालाइ नमुना सहर बनाउने सोच र उदेश्य राख्नु भएका पहारिले आफू जनप्रतिनिधि भए पछि गण्डकी प्रदेश बाट कास्की क्षेत्र नं३ को लागि बजेट बिनियोजन गराउने , बिकास का परियोजना हरु संचालन गर्ने , योजना बनाउने र उदेश्य पूरा गर्ने काममा लागि परिरहनु भएको छ । युवा नेता राजिब पहारिलाइ सम्पुर्ण पोखराबासीले ” एक आदर्श ब्यक्तित्व , गण्डकी प्रदेशका लागि राजिब पहारिको नेतृत्व ” समेत भन्ने गर्दछन ।

राजीव पहारिले पोखरामा शिक्षा,स्वास्थ , रोजगारी र पर्यटनको बिकासमा जोड दिदै आफैले नेतृत्व गर्दा पोखरा को पर्यटन क्षेत्रले पर्यटन क्षेत्रको बिकास मा तिब्र गती लिएको छ । आज बिस्वले पर्यटकिय र रमणीय क्षेत्र भनेर चिनिने पोखरा फेवा ताललाइ सुन्दर र रमणीय बनाउने , पोखरा का युवाहरुमा बिकास को जोश पैदा गराउने , अन्नपूर्ण हिमाललाइ पर्यटकीय गन्तव्य को रुपमा बिकास गराउने बिकास प्रेमि युवा नेता सुन्दर,शान्त , सुखि अनि समृद्ध नेपाल बनाउने भिजन भएका राजिब पहारि पोखराका युवा नेता का रुपमा चिनिनुहुन्छ ।

MP Rajiv Pahari offers 2-month-budget for preservation of Fewa Lake -  Tourism Mail

आज दैनिक हजारौं पर्यटक पोखरा फेवा ताल र अन्नपूर्ण हिमाल अबलोकन तथा भ्रमण गर्छन , जसबाट पोखराबासीले पैसा कमाउछन , मनग्ये आम्दानी गर्छन र कोहि पनि बेरोजगार भएर बस्नु परेको छैन । यसको सबै श्रेय युवा नेता राजिब पहारिलाइ जान्छ । आफ्नो निर्बाचन क्षेत्रमा मात्र नभएर उनले पुरै कास्की जिल्लाको भबिस्य बोकेका छन । नेता राजीव पहारी लाई गण्डकी प्रदेश मात्र नभएर पूरा नेपालको बिकास निर्माण , सुखि अनि समृद्ध बनाउने कर्तव्य र जिम्मेवारी रहेको छ । त्यस अनुरुप नेता पहारिले एक दिनमा एउटा बिकास निर्माण का कामहरुको शिलान्यास वा उदघाटन गर्नु भएकै हुन्छ ।

फेवा तालको बिश्वब्यापी प्रचार , अन्नपूर्ण हिमाललाई बिस्व्वसामु चिनाउन उहाले गर्नु भएको योगदान ले जनताबाट आज उहालाइ अन्नपूर्ण ले खोजेको र फेवाले रोजेको नेताको उपाधी मिलेको छ । राजिब पहारि , जस्को एक मिनेट पनि नचाहिने कुरा गरेर बस्ने , पार्टी बिबाद मै अल्झने फुर्सद छैन , हरेक मिनट हरेक सेकेन्ड जनता कै सेवा गर्नमा ब्यस्त देखिनुहुन्छ राजिब पहारी । उहाको नशा नशा मा समृद्ध पोखरा बनाउने जोश छ । राजिब पहारी को एक मिनेट पनि आराम गर्ने समय छैन , बिकास का पुर्बाधार हरुको राम्रो प्रगति गराउन हरेक समय लागिरहने राजिब पहारिलाइ म पनि भन्छु ” अन्नपूर्णले खोजेको र फेवाले रोजेको युवा नेता राजिब पहारी।” म मात्र हैन पूरा नेपाल ले आज भन्छ ” नेपाल आमाको सच्चा सपूत राजिब पहारी , अन्नपूर्णले खोजेको फेवाले रोजेको नेता राजिब पहारी । “

737 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal