अनेरास्ववियु कपिलवस्तुको नाम र झन्डा दुरुपयोग नगर्न चेतावनी (बिज्ञप्ति सहित)

२०७७ चैत्र १० गते, मंगलवार

कपिलवस्तु । नेकपा एमालेको भात्री संगठन अनेरास्ववियु कपिलवस्तुले संगठन को नाम र झन्डा दुरुपयोग गर्ने लाई जस्तो सुकै कार्बाही बेहोर्नु पर्ने बताएको छ । आज एक बिज्ञप्ति जारी गर्दै अनेरास्ववियु कपिलवस्तुले  पार्टी र संगठनका ब्यानर, पर्चा, पम्प्लेट जस्ता सामग्री दुरुपयोग गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

बिज्ञप्तिमा लेखिएको छ ” राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको आन्दोलनमा निर्णायक भुमिका निर्वाह गरेको अनेरास्ववियु नेपाली विद्यार्थी आन्दोलनको सर्वोच्च संगठन हो । २०३६ सालको आन्दोलन देखी निरंकुश पञ्चायती व्यवस्थालाई खरानि पार्ने, सामन्ति राजतन्त्रको जग हल्लाउने, २०४६ सालको ऐतिहासिक जनक्रान्ति, २०६२\६३ सालको ऐतिहासिक जनआन्दोलन सम्म र त्यस पाछिका हरेक आन्दोलनमा आम विद्यार्थी र जनताको साथमा रहेको अनेरासववियुले त्याग, समर्पण र बलिदानिको उच्चतम नमुना प्रदर्शन गरेको थियो र छ । यसका साथै राष्ट्रिय स्वाधिनता, असमान सन्धि सम्झौता खारेजि, दलाल पुजिवादी नितिको भण्डाफोर गर्दै सर्वशुलभ र वैज्ञानिक शिक्षा प्रणाली समतामुलक समाज र सामाजिक न्यायको पक्षमा अनेरास्ववियु संघर्शसिल छ । स्थापनाकाल देखि कहिल्यै दोश्रो नभई विद्यार्थिहरुको सडक बाघको रुपमा सधैं अगाडि रहेको अनेरास्ववियुको मजबुत संगठन र फलामे अनुशासन छ । संगठनको आफ्नै बिधि, बिधान र पद्धतीमा चलिरहेको अनेरास्ववियु माथि केहि अराजक व्यक्तिको गिद्धे नजर लागेको पाईएको छ । संगठनको साधारण सदस्य समेत नरहेका, अन्य पार्टीको जिल्ला पार्टी कार्यालय उदघाटन गर्दै र हाम्रो पार्टी नेकपा (एमाले) लाई बदनाम गर्दै हिडेका अराजक व्यक्तिले अनेरास्ववियु कपिलवस्तुको नाममा ब्यानर बनाई नारा, झण्डा र नामको दुरुपयोग गरि विद्यार्थीहरुका माझमा गलत प्रचारबाजि गरेको, संगठनको विरुद्धमा गतिविधि गरेको पाइएकोले हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । अनेरास्ववियु कपिलवस्तुको झण्डा, ब्यानरको दुरुपयोग गरेर, नाम बेचेर कुनै पनि गतिबिधि नगर्न समबन्धित व्यक्तिलाई चेतावनि दिन चाहान्छौं । अन्यथा हाम्रो संगठनको गरीमालाई उच्च राख्नकालागि संगठन जस्तो सुकै कदम चाल्न पछि नपर्ने र त्यसबाट हुने परिणाम स्वयम्ले व्यहोर्नुपर्ने सम्बन्धित अराजक शैलीका व्यक्तिलाई जानकारि गराउदछौं । साथै अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी सदैव प्रगतिशील, जनवादी र देशभक्त विद्यार्थिहरुको साथमा रहेकाले त्यसता अराजक गतिविधिलाई चिर्दै अनेरास्ववियुको मुल प्रवाहमा समाहित हुनकालागि न्याय प्रेमि विद्यार्थी साथिहरुलाई सविनय अनुरोध गर्दछौं । हार्दिक अभिवादन सहित!!! “

बिज्ञप्ति

579 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal