गुल्मीमा भिडभाड जुलुस गर्न राेक

२०७७ चैत्र १३ गते, शुक्रबार


गुल्मी।भारत सगै अन्य देशमा कोरोना महामारीको संख्या बृद्धि र मृत्युदर बृद्धि भएपछि त्यसको सर्तकता स्वरुप गुल्मीमा भिडभाड, जुलुस, र्‍याली गर्न नपाइने भएको छ।

बुधवार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण बढन नदिन स्वास्थ्य मापदण्ड पालन गर्नको लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । बैठकले निकटमा रहेको फागु पूर्णिमा (होली) को अबसरमा घर परिवार भित्र मात्र मनाउन भनेकाे छ।
मास्क अनिवार्य रुपमा लगाउन, भौतिक दूरी कायम गर्न तथा साबुनपानीले हात धुने कार्य गर्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

274 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal