वडाअध्यक्षको दादागिरि , सुकुम्बासी लाई भर्न दिइएन भुमिहिन फारम

२०७७ चैत्र १७ गते, मंगलवार

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका हनुमानचोकका स्थानीय सुकुम्वारी समस्या समाधान आयोगले वितरण गरेको अव्यवस्थीत बसोबासीको फारम भर्न पाउनुपर्ने माग गदैं सोमबारदेखी अनिश्चितकाल सम्मका लागी रिले अनशनमा बसेका छन् ।
कुल ४२ घरपरिवार अव्यवस्थीत बसोबासी रहेका उनीहरु नगरपालीका कार्यालय अगाडी फारम भर्न पाउनुपर्ने माग सहित रिले अनशनमा बसेका छन् । २०४२ सालदेखी उक्त ठाउँको संरक्षण गदैं आएको दावी गदैं स्थानीयले फारम भर्न नपाउन्जेल सम्म आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक रमेश केसीले बताउनुभयो । उता बुद्धभुमी नगरपालीकाका प्रवक्ता एवं बडा नम्वर ४ का वाड अध्यक्ष पवन कुमार थारुले उक्त ठाउँमा बसोबास गरेकाको हकमा फारम भर्न नसकिने बताउनुभयो । उता सुकुम्वारी समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष कृण्ण पौडेल नदि, तालतलैया, बनजंगल, मठमन्दिर पालीकालाई आवश्यक जग्गा बाहेक अन्यको हकमा घरजग्गा नभएका विगत १० बर्षदेखी बसोबास गदैं आएकालाई बनक्षेत्र भएपनि व्यवस्थीत बसोबास गराउन सकिने अधिकार पालिका स्वयमलाई दिएकाले फारम भर्न कुनै रोकावट नभएको भुमी ऐनमा उल्लेख छ ।

तर बुद्दभुमी नगरपालिका वडा -४ बुड्ढी हनुमान चोक मा रहेको सुकुम्बासी बस्तिका मानिसहरुले सरकार ले ल्याएको भुमी सम्बन्धि समस्या आयोग को भुमिहिन फारम भर्न बाट बन्चित छन । वडा नं – ४ मा अरु ठाउका सबैले फारम भने पाउँदा राजनीतिक स्वार्थका कारण सरोकार वाला निकाय मौन छ । बुड्ढी , हनुमान चोक आसपासमा रहेका सुकुम्बासी हरुले ज्गगा पाउने नपाउने सरकारले जान्छ तर फारम भर्न पाउनु पर्छ भन्दै बुद्दभुमी नगरपालिका को कार्यालय अघि रिले अनशन बसेको दुई हप्ता भै सक्यो । सरकार ले भुमी सम्बन्धि समस्या आयोग गठन गरेर भुमिहिन का समस्या समाधान गर्ने भनेर भनिए पनि बुद्द्भुमी नगरपालिका वडा-४ हनुमान चोकका सुकुम्बासी का समस्या सुनिदिन भने कोहि आएन ।

बुढ्ढी – बिजगौरी सडक खण्ड को सत्र मिटर टाढा आफ्नो बासस्थान बनाएका , सडक कब्जा नगरेका नागरिक हरु जो बिगत ३४ बर्ष देखि उक्त स्थानमा बसोबास गर्न थाले तर उनिहरुले अहिले सुकुम्बासी को फारम भर्न पाएका छैनन , यस अर्थमा वडा अध्यक्ष माथी नै प्रश्न चिन्ह खडा भैसकेको छ । नीति नियम र नेपाली नागरिक भएको हैसियतले उनिहरुले भारम भर्ने पाउनु पर्छ तर किन हेपिदैछन त्यहाका जनता ? बिगतका बर्ष मा बिजुलि बिल , सरकारि कर हरु तिरेर बसोबास गरेका जनताहरुले सुकुम्बासी , भुमिहिन फारम भर्न नपाउनु संबंधित सरोकारवाला हरुलाइ लाजमर्दो बिषय बनेको छ । संघर्ष समितिका संयोजक रमेश केसिले वडाअध्यक्ष ले कसैलाइ काखा , कसैलाइ पाखा नगाराइ फारम भराउनु पर्ने बताउनु भयो ।
दुई हप्ता अघि बाट नगरपालिका को कार्यालय अघि अनसन सुरु गरेका सुकुम्बासी हरुको समस्या प्रती नगरपालिकाको समेत ध्यान पुगेको छैन । अपाङ्ग ब्यक्ती , वृद्ध ब्यक्ति , बालबालिका , युवा हरु सबैको उपस्थितिमा अनसन सुरु गरे पनि वडा र नगरपालिका भने माग पूरा गरिदिने र समस्या सुनिदिने पक्षमा छैन । अनसन सुरु गरेका सुकुम्बासीहरु भन्छन ” हान्रो माग पूरा हुनु पर्छ , हामिले हाम्रो संघर्ष जारी राखछौ बरु हामी मर्न तयार छौ ।”
नेपालमा बास्तबिक पिडितले राहत पाउदैन , सुकुम्बासीले भुमिहिन फारम भर्न पाउदैनन यहाँ पुजिपतीको इसारामा सबै चल्छ , यस्तो लापरबाही कहिले सम्म ?

“सरकार ले भुमी हिनको फाराम भर्ने अवसर दियो स्थानीय सरकारले ध्यान दिएन , नेपाली नागरिक भएको हैसियतले नेपाल सरकारले दिएको अधिकार बाट बन्चित गराइयो , माग पूरा नभए कडा बिद्रोह गर्छौ “संघर्ष समितीका संयोजक रमेश केसिले बताउनु भयो ।

स्थानीय समाजसेवी बुद्दिजिबी हरु भन्छन “नीति र नियम अनुसार जग्गा पाए पनि नपाए पनि फारम भर्ने पाउनु पर्छ , बिगत ३५ बर्ष बाट हनुमान चोक क्षेत्रमा बसोबास गरेका नागरिक हरुलाइ नेपाल सरकारले दिएको अधिकार बाट बन्चित गराउनु हुदैन । “

बास्तबिक पिडित , वास्तविक भुमिहिन , सुकुम्बासीले जग्गा पाउनु पर्छ , सुकुम्बासीका माग तर्फ संबंधित सरोकारवाला निकायको ध्यानाकर्षण हुन जरुरि छ ।

329 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal