लुम्बिनी आवाज डटकम द्वारा प्रकाशीत २०७८ सालको क्यालेन्डर बिमोचन र बिबिध कार्यक्रम सम्पन्न

२०७७ चैत्र २९ गते, आईतवार

अर्घाखाँची।लुम्बिनी टाइम्स प्रा.लि. द्वारा संचालित लुम्बिनी आवाज डटकम द्वारा प्रकाशित २०७८ सालको भित्ते पात्रो विमोचन तथा नव बर्षको शुभकामना आदान प्रदान एवंम नव-निर्वाचित नेपाल पत्रकार महासंघका अर्घाखाँची शाखाका पदाधिकारी तथा सदस्य हरूलाई बधाई तथा सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ।
उक्त कार्यक्रमको संचालन लुम्बिनी आवज डटकमका सम्पादक सुरज रायमाझी ज्युले गर्नु भयको थियो ।
कार्यक्रमको अध्यक्षता लुम्बिनी आवाज डटकमका संचालक समितिका अध्यक्ष कपिल पोख्रेलले गर्नु भयको थियो।
कार्यक्रमका प्रमुख अथिति सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालको आथित्यतामा संचालन गरिएको थियो
जस कार्यक्रममा उपस्थित सम्पूर्णलाई संस्थाका संस्थापक अध्यक्ष बाबुराम पौडेलले आफनो स्वागत मन्तव्य बाट स्वागत गर्नु भयको थियो।
कार्यक्रममा जिल्लाका बिभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुको उपस्थिति संगै आम नागरिको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँची जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) , नेकपा एमाले जिल्ला सदस्य हिम बहादुर लेकाली, नेकपा माओवादी जिल्ला सदस्य ठाकुर सौराग नेपाली कांग्रेस जिल्ला उप-सभापति शान्ता भण्डारी र पत्रकार महासंघ शाखा अर्घाखाँचीको तर्फ बाट बीरेन्द्र के.सि, बिनोद गैरे, हृदय भुसालले आफ्नो मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा लुम्बिनी आवाज डटकमको स्थापना, विकास, ब्यवस्थापन तथा सत्य, तथ्य र निष्पक्ष समाचार संकलन गरि अनलाइन पत्रकारिताको माध्यम बाट आम जनतालाई सुसूचित गर्न सस्थाको गरिमालाइ उच्च राख्न लुम्बिनी आवाज डटकमका प्रबन्ध निर्देशक पदमा रहि हलिम खान र लुम्बिनी प्रदेश ब्युरो प्रमुख खेमानन्द पौडेल (सागर पौडेल) ले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै प्रशंसा-पत्र समेत दिएको थियो।

284 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal