पुल बनाउँदै गर्दा त्रिशूलीमा खसेर एक मजदुरको ज्यान गयो, दुई जना बेपत्ता

२०७८ बैशाख १२ गते, आईतवार

काठमाण्डाै। चितवनमा त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक जना मजदुरको ज्यान गएको छ । अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका-१ ठिमुरामा देवघाट जोड्ने पुलमा ट्रस राख्ने क्रममा खस्दा एक जनाको ज्यान गएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्रिशूलीमा खसेका अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना मजदुर घाइते भएका छन् । घाइतेहरुको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहान ९ बजेतिर पुलमा ट्रस राख्ने क्रममा ट्रससहित उनीहरु नदीमा खसेका लामिछानेले जानकारी दिनुभयो ।

163 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal