जनतालाइ घरभित्र थुनेर जनप्रतिनिधि भेला गर्नु गलत : सांसद पहारी

२०७८ बैशाख १४ गते, मंगलवार

पोखरा । नेकपा एमालेका युवा नेता राजिब पहारिले जनतालाइ घर भित्र थुनेर जनप्रतिनिधि भेला भै कोरोना संक्रमण बढाउन नहुने बताउनु भएको छ । आज सांसदले सदन अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि सदन स्थगित गरेका छन् । सदनमा बोल्दै एमाले सांसद राजीव पहारीले जनतालाई घर भित्रै थुनेर प्रतिनिधिहरु भेला हुन नहुने बताउनु भएको थियो । पहारीले सदनमा राखेको भनाइको सम्पादित अंश

उपचार नपाएर जनता मर्नुपर्ने अवस्था छ । हिजो मात्रै गण्डकीमा ४ जनाको ज्यान गएको अवस्था छ । जनतासँग विपत्तिमा साथ नै रहनुपर्छ । यो जटिल अवस्थालाई ध्यान राख्दै अविलम्ब पिसिआर लगाइयोस् । आधा भन्दा बढी सांसदले दोस्रो डोजको खोप लगाएको अवस्था छैन ।

घरभित्रै धार्मिक पूजा गर्दा १५ जना बढी भेला हुन नपाइने नियम राखेको छ तर हामी २०० बढी जना भएर हेल्थ प्राटोकल पूरा नगरी, सामाजिक दूरी कायम नगरी बस्दा कसैको मृत्यु हुन गयो भने त्यसको जिम्मेवार को हुने ? जनतालाई घर भित्रै रहनुभनेर निर्देशन जारी गर्दा हामी सबै यहाँ बैठक बस्न मिल्दैन । अविलम्ब पिसिआर परीक्षण गरियोस् ।

धेरै माननिय पनि प्रेसर, सुगर, थाइराइडबाट ग्रस्त भएकाले संक्रमण छिटो हुन सक्ने छ । हिजो पनि हामीले नेकपा एमालेले ध्यानाकर्षण गर्दा पनि सभामुखबाट कुनै रुलिङ गरिएन । पिसिआर बिना संसद नचलाइयोस् भनेर माग गर्छु । पिसिआर परीक्षण बिना संसद चल्न सक्दैन ।

260 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal