विश्वकपमा सर्बियाको स्थान पक्का: पोर्चुगलले प्ले अफ खेल्नुपर्ने

२०७८ कार्तिक २९ गते, सोमबार

काठमाडौँ । पोर्चुगललाई २-१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको छ ।

युरोपियन छनोट अन्तर्गत पोर्चुगलको मैदानमा आइतबार राति भएको खेलमा बाजी मार्दै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

खेलको दोस्रो मिनेटमा रेनेटो सान्चेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३ औं मिनेटमा डुसान टाडिकले गोल गर्दै सर्बियालाई १(१ गोलको बराबरीमा फर्काएका थिए ।

खेलको ९० औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गरेर सर्बियालाई जित दिलाए । यस जितसँगै समूह ए को सर्बियाले ८ खेलमा २० अंक जोडेको छ । पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

पोर्चुगलले विश्वकपमा छनोट हुन अब प्ले अफ खेल्नेछ । यसै समूहको अर्को खेलमा आयरल्याण्डले लक्जमवर्गलाई ३-० ले हराएको छ ।

250 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal