स्पेन विश्वकपमा

२०७८ कार्तिक २९ गते, सोमबार

एजेन्सी । अल्भारो मोराटाले गरेको एक मात्र गोल निर्णायक बनेपछि स्पेनले स्वीडेनलाई पराजित गर्दै आगामी विश्वकपमा स्थान बनाउन सफल भएको छ । स्वीडेनले विश्वकपमा स्थान बनाउनका लागि अब प्लेअफ खेल खल्नुपर्नेछ ।

समूह बीमा लुइस एनरिकेको टोलीलाई विश्वकपमा छनोट हुन खेलमा बराबरी मात्र गरे पुग्ने थियो भने स्वीडेनलाई जीतको आवश्यकता थियो । खेलको ८६ औँ मिनेटमा गोल गर्दै मोराटाले स्पेनलाई विश्वकपसम्म पुर्‍याए । स्पेन विश्वकपमा छनोट भएको यो लगातार १२ औँ पटक हो । उता कतारमा हुने विश्वकपमा स्थान बनाउनका लागि स्वीडेन मार्चमा युरोपियन प्लेअफबाट पुनः मौका पाउनेछ ।

203 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal