रुसलाई पराजित गर्दै क्रोएसिया विश्वकपमा छनोट

२०७८ कार्तिक २९ गते, सोमबार

काठमाडौँ । रुसलाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा रुसलाई १-० गोलले हराउँदै क्रोएसियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औं मिनेटमा आत्मघाती गोल गरेपछि क्रोएसियालाई जितेको हो ।

यस जितसँगै क्रोएसियाले समूह एचबाट विश्वकपमा स्थान बनाएको हो । शीर्ष स्थानको क्रोएसियाले १० खेलमा २३ अंक जोड्यो ।

रुसको समेत प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना रहेको छ । दोस्रो स्थानको रुसको १० खेलबाट २२ अंक छ ।

182 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal