नक्कली नोटसहित ५ जना पक्राउ

२०७८ मंसिर २ गते, बिहीबार

काठमाडौँ । महानगरीय प्रहरी बृत बौद्धबाट खटिएको टोलीले ६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ ।

इन्द्रावती गाउँपालिका ८ सिन्धुपाल्चोकी ६५ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापा मगर, रामेछापको शिरुवारी गाउँपालिका २ का २६ वर्षीय समरोज थापा मगर, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ का १९ वर्षीय चिरञ्जिवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती पक्राउ परेको जनाइएको छ ।

उनीहरुको साथबाट ६५ हजार ३६५ रुपैयाँ नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग गरिने उपकरणहरु समेत प्रहरीले बरामद गरेको छ । उनीहरुले १०० दरका १५०० थान नोटहरु बजारमा पठाइसकेको खुलेको छ । गोकर्णेश्वरको दक्षिणढोकामा केही व्यक्तिले नक्कली नोटबाट सामान खरिद गर्न लागेको सूचनाका आधारमा प्रहरीले खोजतलास थाल्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।

168 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal