आज सेयर बजार ओरालो लाग्यो
२०७८ मंसिर २ गते, बिहीबार
![](https://buddhabatikaonline.com/wp-content/uploads/2021/10/share.jpg)
आज आइतबार सेयर बजार ओरालो लागेको छ ।
आज नेप्से १७.७५ अंकले ओरालो लागेर दुई हजार आठ सय १९ दशमलव ८६ विन्दुमा झरेको छ ।
२२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता सेयर ७ अर्ब ७७ करोड ७५ लाख मूल्यमा खरिदबिक्री भएको छ। सेन्सेटिभ इण्डेक्स पनि १.८८ अंकले घटेर ५२८.५८ विन्दुमा पुगेको छ।
आज २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको थियो।
कारोबारमा आएका १३ समूहमध्ये ३ बाहेक अरु सबैको परिसूचक ओरालो लागेको छ। बैंकिङ, होटल तथा टुरिजम र लगानी समूहको परिसूचक क्रमश ०.२५,०.२३ र ०.४३ प्रतिशतले सेयर मूल्य घटेको हो।
296 Views