आजको राशिफल

२०७८ मंसिर ३ गते, शुक्रबार

विसं २०७८ साल मंसिर ०३ गते, शुक्रबार, कात्तिक शुक्लपक्ष । ईश्वी सन् २०२१ नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । कछलाथ्व । दक्षिणायन । हेमन्त ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– पूर्णिमा, १३ः२५ बजे उप्रान्त प्रतिपदा । नक्षत्र– कृत्तिका, २८ः१३ बजे उप्रान्त रोहिणी। योग– परिघ, २८ः३० बजे उप्रान्त शिव । करण– वव १३ः२५ बजेदेखि वलव, २६ः२५ बजे उप्रान्त वव। काठमाडौंमा सूर्योदय बिहान ६ः२९ सूर्यास्त बेलुकी ५ः०८ बजे ।

मेष : स्वास्थ्यको निकै ख्याल राख्नुहोला । महत्वपूर्ण कार्य आरम्भ गरिने छ । बोलीको प्रभाव बढ्ने छ । राजनैतिक सफलता प्राप्त हुनेछ ।

वृष : मित्रवन्धुसंग अनावश्यक विवाद बढ्ने छ । आर्थिक संकट हुनाले प्रतिष्ठामा आच आउने देखिन्छ । मनमा शान्ति हराउने छ ।

मिथुन : कार्य व्यस्तताले पारिवारिक कार्यक्रममा सहभागी हुन पाइने छैन । प्रेमिकाद्वारा आर्थिक सहयोग प्राप्तहुनेछ । अध्ययन कार्य पुर्ण हुनेछ ।

कर्कट : मनमा चञ्चलता आउनेछ । रोकिएका व्यवहारिक समस्यापनि मिल्नेछन् । सन्ध्याकालमा मनोरञ्जनात्मक कार्यक्रमहरू सहभागी भइनेछ ।

सिंह : सामाजिक तथा पारिवारिक काममा व्यस्त भइनेछ । विद्यार्थी वर्गको लागि उत्तम समय रहनेछ । केही महत्वपूर्ण सामाग्री हराउन सक्नेछ ।

कन्या : व्यापार तथा व्यवसायमा मनग्य आम्दानी हुनेछ । केही खराव व्यक्तिको संगतले प्रतिष्ठमा आच आउने देखिन्छ । पेटसम्बधी समस्या आउने देखिन्छ ।

तुला : आर्थिक क्षेत्रमा सुधार आउनेछ । महत्वपूर्ण भेटघार रहनेछ भने मध्यान्हदेखि टाउको सम्बन्धी समस्या आउनेछ । खानपिनमा ध्यान दिनुहोला ।

वृश्चिक : रोकिएका कार्यहरू बन्नाले मनमा उत्साह थपिनेछ । प्रेमिका संग सामान्य विवाद उत्पन्न हुनेछ । राजनैतिक प्रतिष्ठा बढ्नेछ। नयाँ व्यपार बढ्नेछ ।

धनु : काममा शत्रुद्वारा दुःखदिनेछन् । समयमै सचेत हुनुहोला । नयाँ ठाँऊको यात्र गरिने छ । कृषक वर्गको लागि शुभ दिन रहनेछ । राजनैतिक दोषको भागि भइने छ।

मकर : लामोदुरिको यात्रा गरिनेछ । अध्ययन गर्ने रुचि बढ्ने छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । आजका लागि आर्थिक सहयोग कसैलार्इ पनि नगर्नुहोला ।

कुम्भ : बोलीको प्रभावले गर्दा नबन्ने कामपनि बन्नेछन् । पुरानो मित्रसंग भेटघाट बढ्नेछ । प्रेमद्वारा धोका पाइनेछ । राजनैतिक अफलता प्राप्तहुनेछ ।

मीन : कार्यमा बाधा उत्पन्न हुनेछ । मन अशान्ति रहनेछ भने मध्यान्हपछि रोकिएको धन प्राप्त हुनेछ । विद्यार्थी राजनीतिबाट अगाडि बढ्ने देखिन्छ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपाने

144 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal