बद्रि पाण्डे कांग्रेस सहमहामन्त्रीमा विजयी

२०७८ पुष २ गते, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा बद्रि पाण्डे विजयी भएका छन् । शुक्रबार सम्पन्न मतगाणनामा पाण्डे पिछडिएको क्षेत्रको कोटामा सहमहामन्त्री निर्वाचित भएका हुन् ।

शेखर कोइराला प्यानलका पाण्डेले देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन् । पाण्डेले २४११ र शाहीले २१३३ मत पाएका छन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत हुन् ।

शुक्रबार पदाधिकारीको मतगणना सम्पन्न भएको छ । अब केन्द्रीय सदस्यको मतगणना सुरु हुनेछ । सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा उमाकान्त चौधरी, किशोरसिंह राठौर, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र बद्रि पाण्डे विजयी भएका छन् । यस्तै दुईजना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।

अब खुल्ला ३५ र अन्य आरक्षित गरी ११९ जना केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ ।

332 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal