‘समृद्ध नगर सुखी नगर बासी’ भन्ने मूल नारा सहित कपिलवस्तुमा खेल महोत्सव सुरु

२०७८ पुष ३ गते, शनिबार

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा खेल महोत्सव सुरु भएको छ । ‘समृद्ध नगर सुखी नगर बासी’ भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको हो ।
खेलको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिक्षा स्वास्थ्यसँग जोडिएको खेल महोत्सवले शिवराजलाई चिनाउने बताउनुभयो । खेल र खेलाडी राष्ट्रका गहना भएको भन्दै खेलाडीहरूको क्षमता विकासमा प्राथमिकता दिन महोत्सव आयोजना गरीएको बताउनुभयोा ।
नगरले प्रत्येक वर्ष खेल महोत्सव आयोजना गर्दै आएको छ । शिवराज नगरपालिकाले खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।
खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड, मेयर कप र उपमेयर कपमा शीर्षकमा विभिन्न खेल प्रतियोगिता हुने छ । महोत्सवमा १० वटा वडा १५ वटा विद्यालयका १ हजार ५ सय १६ जना खेलाडी सहभागी हुनेछन् ।

222 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal