बानेश्वरको इन्द्रेणी कम्प्लेक्स भित्र आगलागी

२०७८ पुष ५ गते, सोमबार

काठमाण्डौ । काठमाण्डौको नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । इन्द्रेणी कम्प्लेक्सको इन्द्रेणी फिटनेस जिम हलमा केहीबेर अघिदेखि सुरु भएको आगो निभाउन प्रयास भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

६ तलामाथि आगलागी भएकाले दमकललाई आगो निभाउन असहज भइरहेको छ । आगो निभाउन काठमाण्डौ, भक्तपुर र ललितपुरको दमकल पुगेको छ ।

आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।

343 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal