मुलुक राजनीतिसँगै आर्थिक संकटमा फस्दै गयो, निर्वाचनमा जानुपर्छ: उपाध्यक्ष पाण्डे

२०७८ पुष ५ गते, सोमबार

चितवन । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुक राजनीतिक संकटमा फस्दै गएको बताउनुभएको छ ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले मुलुक राजनीतिसँगै आर्थिक संकट हुने खतराका संकेतहरू देखा परेको बताउनुभयो । देउवा नेतृत्वको सरकार अस्थिर भएको भन्दै यी दुवै संकट र समस्या समाधानको एक मात्रै विकल्प निर्वाचन भएको उहाँको दाबी छ ।

चाँडै चुनाव भएमात्रै आर्थिक र राजनीतिक संकट समाधान हुने अन्यथा नेपाली जनताले धेरै दुःख पाउने उपाध्यक्ष पाण्डेको भनाइ छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा नेता पाण्डेले दुई वर्षदेखि विधेयक बनाउन नसक्ने, संसदबाट विधेयक पास गर्न नसक्ने, लोकतन्त्रका खम्बा मानिने न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सबै अस्तव्यस्त रहेको बताउनुभयो ।

साथै, उपाध्यक्ष पाण्डेले नेपालमा आउने जुनसुकै अनुदान निःशर्त नआउने भन्दै एमसीसीमा पनि शर्त रहेको बताउनुभयो ।

144 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal