इन्द्रेणी कम्प्लेक्स लागेको आगो नियन्त्रणमा आयो

२०७८ पुष ५ गते, सोमबार

काठमाण्डौ । नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आज सोमवार दिउँसो ३ बजे आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर झन्डै ५० मिनेटमा आगो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक डीएसपी मिमबहादुर लामाले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा इन्भर्टरनमा आगलागी भएर आगो फैलिएको देखिएको उहाँले जानकारी दिनुभयो ।

काठमाण्डौ, भक्तपुर र ललितपुर तीन वटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डीएसपी लामाले बताउनुभयो ।

आगलागीबाट जिम सेन्टरको सामान जल्दा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको जिम सेन्टरका सञ्चालकलाई उद्धृत गर्दै उहाँले जानकारी दिनुभयो ।

307 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal