शिवराजको सामाजिक परिक्षणको कार्यक्रम सम्पन्न तथा नतिजा सार्वजनिकीकरण

२०७८ पुष ५ गते, सोमबार

कलिवस्तु । स्वास्थ्य संस्था स्तरमा गरिएको सामाजिक परिक्षणको नतिजा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शिवराज नगरपालिकाको आयोजना नगरको शिवपुर, बिसनपुर र शिवगढिका स्वास्थ्य चौकीको सामाजिक परिक्षणको नतिजा सार्वजनिकिकरण गरिएको हो ।

कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्र राज अधिकारीले नागरिकको सेवामा सहज पहुँचका लागि सामाजिक परिक्षण तथा सार्वजनिकनिकीकरण गर्नु अति आवश्यक रहेको बताउनु भयो । नागरिकहरुले आफ्नो स्वास्थको हेरचाह गर्नु पर्ने नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

संस्थामा आउने नागरिकहरुको स्वास्थ्य सेवाको पहुच, सामाग्रीको पहुच, स्रोत साधनको प्रयोग लगायतका विषयमा सार्वजनिकिकरण गरिएको शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिनुभयो ।

निशुल्क औषधिको सहज वितरण, शौचालयको अवस्था, ब्यवस्थापन समितिको नामावली, सरसफाईको विषयमा सामाजिक परिक्षण गरिएको थियो । कपिलवस्तुमा लागु भएको स्वास्थका लागि सक्षम प्रणालीबाट आएका सामाजिक परिक्षक भरतराज देवकोटाले सहजीकरण गर्नु भएको थियो ।

नतिजा सार्वजनिकिकरण कार्यक्रममा शिवराज वडा नं १ का अध्यक्ष जगत बहादुर जिसि, वडा नं ९ का अध्यक्ष चुर बहादुर खड्का (जीवन) र शिवराज ८ का वडा अध्यक्ष शंकर अहिरको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा तिनै वडाका नागरिकहरुको सहभागिता रहेको शिवराज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

314 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal