खेलाडीमा कोरोना देखिएपछि, इङ्ग्लिस क्लब टोटेनह्याम कन्फ्रेन्स लिगबाट बाहिरियो

२०७८ पुष ६ गते, मंगलवार

काठमाण्डौ । इङ्ग्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ ।

कोरोनाका कारण स्थगित टोटेनह्याम र रेनसबीचको खेल युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रद्द गरेसँगै टोटेनह्याम बाहिरिएको हो ।

टोटेनह्याम र रेनसबीच समूह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटेनह्यामका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो ।

यूईएफएले लिगको प्ले अफ ‘ड्र’सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल रद्द गरिएको जनाएको छ ।

यूईएफएले नियमअनुसार रेनेसलाई ३–० को जितसहित ३ अङ्क दिएको छ । यो निर्णयसँगै रेनस समूह ‘जी’मा ११ अङ्क जोडेर समूह विजेता बनेको छ ।

364 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal