प्रचण्डद्वारा माओवादी स्थायी कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत

२०७८ पुष ९ गते, शुक्रबार

काठमाण्डाै ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुभएको छ । 

आज शुक्रवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि प्रस्तुत गर्नुभएको हो । 

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आउँदाे पुस ११ गतेदेखि काठमाण्डाैमा सुरु हुँदैछ । त्यही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले आज बिहान बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुभएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । त्याे प्रतिवेदनमाथि छलफल गर्न दिउँसाे ३ बजे बैठक बोलाइएको प्रवक्ता महराले बताउनुभयो । 

बैठकले नेकपा (मसाल) सँग विद्रोह गरी बनेको नेकपा मसाल माओवादी केन्द्र र प्रभात चलाउने नेतृत्वको नेकपाको सिङ्गो टिमसँग पार्टीमा एकीकरण गर्ने निर्णय पनि गरेको पार्टीले जनाएको छ । 

125 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal