सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक महिलाको घाँटी रेटी हत्या

२०७८ पुष १२ गते, सोमबार

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा एक महिला मृत भेटिएकी छिन् ।

घरबाट खरानी लिएर खेतमा फाल्न गएकी ५२ वर्षीया भुटनिदेवी यादवको हत्या भएको हो । हिजो बेलुका घरबाट गहुँ खेतमा खरानी फाल्न गएकी यादव राति अबेरसम्म नफर्किए पछि उहाँको खोजी गरिएको थियो ।

बिहान हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनास्थलमा तीन वटा बियरको बोतल समेत भेटिएको छ । तीन वटामध्ये दुईवटा बोतn फुटेको छ । यादवले नाकमा लगाएको फूलीसहित अन्य गरगहना पनि लुटिएको पीडित परिवारले बताएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । छिन्नमस्ता गाउँपालिकामा एक महिनाकै अन्तरालमा दुई जनाको घाँटी रेटी हत्या भएको छ । यो भन्दा पहिला छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीमा एक जना वृद्धको घाँटी रेटी हत्या भएको थियो । 

168 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal