करेन्ट लागेर सङ्खुवासभामा एक प्राविधिकको ज्यान गयो

२०७८ पुष ३० गते, शुक्रबार

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका ३ मा करेन्ट लागेर आज शुक्रवार एक जना प्राविधिकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी)लालध्वज सुवेदीले बताउनुभयो ।

सभापोखरी गाउँपालिका–३ मा बनिरहेको स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसन लाइन छुँदा उहाँलाई करेन्ट लागेको थियो । करेन्ट लागेका ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ ।

275 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal