लुम्बिनीमा १२ बजेसम्म २३४ मत खस्‍यो

२०७८ माघ १२ गते, बुधबार

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा १२ बजेसम्म २३४ मत खसेको छ। मतदानमा प्रदेशसभातर्फ २४ जना महिला र ४३ जना पुरुष गरी ६७ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रदेशसभातर्फ ८१ जना मतदाताहरू रहेका छन्। त्यसैगरी स्थानीय तहतर्फ ७७ जना महिला र ९० जना पुरुष गरी १६७ जना रहेका छन्। स्थानीय तहतर्फ २१५ जना मतदाताहरू रहेका छन्। बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। प्रदेशमा २९६ मतदाता रहेका छन्।

263 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal