१० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा

२०७८ माघ १२ गते, बुधबार

काठमाडौं । पछिल्लो १० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।

२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष छ। १० वर्षमा ६ लाख २४ हजार ९ सय ५३ अर्थात १३.८९ प्रतिशत वृद्धिदर रहेको छ। सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि देखिन्छ। यो हिसाबले हेर्दा १० वर्षमा गण्डकी प्रदेशमा ७ लाख ५९ हजार ८८ जना अर्थात ३.१६ प्रतिशतले वृद्धि भएको छ।

दोस्रो धेरै वार्षिक जनसंख्या बृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ। यो सँगै पछिल्लो १० वर्षमा मधेश प्रदेशमा ७ लाख लाख २२ हजार १ सय ४३ जना थपिएका छन् अर्थात १० वर्षमा १३.३६ प्रतिशत वृद्धि भएको छ।

अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ।

288 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal