जनमत कार्यकर्ताद्वारा जलेश्वर अस्पतालका चिकित्सकमाथि आ’क्रमण

२०७८ माघ १२ गते, बुधबार

जनकपुरधाम । जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताहरूले चिकित्सकमाथि आ’क्रमण गरेका छन् । बर्दिबास जाँदै गर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेसु डा. सतिस साहमाथि जनमतका कार्यकर्ताले आक्रमण गरेका हुन्।

आक्रमणमा परी घाइते भएका मेसु साहको मुखमा ८ वटा टाँका लागेको छ। प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमाथि आक्रमण भएको बताइएको छ।

यसअघि जनमत कार्यकर्ताले सर्लाहीको हरिवनका मेयर/उपमेयर सवार गाडी र प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि आक्रमण गरेका थिए ।

120 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal