बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाइते

२०७८ माघ १३ गते, बिहीबार

काठमाण्डौ । बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बसमा ३२ जना यात्रु थिए । दुर्घटनामा आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ ।

121 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal