इलाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

२०७८ माघ १३ गते, बिहीबार

काठमाण्डौ । इलाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा झापाको मेचीनगर नगरपालिका–४ का वर्ष ५५ का रमेश थापा र वर्ष ४० का सूर्यबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

जीपका चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइराला घाइते भएका छन् । उनको झापाको बीएण्डसी अस्पतालमा उपचार भैरहेको छ । प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जीप मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा अनियन्त्रित भइ यो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

103 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal