तिनाउ नदिमा एक महिलाको बेवारिसे शव फेला

२०७८ माघ १३ गते, बिहीबार

बुटवल । तिनाउ नदिमा एक महिलाको बेवारिसे शव फेला परेको छ । रुपन्देहीसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा एक महिलाको शव फेला परेको हो । बुधबार साँझ तिनाउ –३ मा रहेको विद्युत गृहको ड्याम नजिक तिनाउ नदि बीचमा अन्दाजी ६०/६५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा प्रहरीका प्रवक्ता लक्ष्मण पचभैयाका अनुसार उनको शव घोप्टो परेको अवस्थामा रहेको र स्थानीयले खवर गरेपछि जिल्ला र दोभान प्रहरी घटना स्थल पुगेर घटना सम्बन्धी अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय बुटवल आसपासका क्षेत्रमा निरन्तर शव फेला परेका छन् । बुधबारनै सैनामैनामा एक पुरुष मृत फेला परेका थिए भने मंगलबार देवदहमा एक महिला र बालिकाको शव फेला परेको थियो ।

121 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal