निर्धन उत्थान गलकोटद्वारा ७ लाख बिमा क्षतिपूर्ति बितरण

२०७८ माघ १३ गते, बिहीबार

झबिन भण्डारी, बागलुङ । निर्धन उत्थान लघुवित्त वित्तीय सस्था लिमिटेड गलकोट बागलुङले, आज माघ १३ गते गलकोट नगरपालिका वडा नम्बर ६ मा बिमा क्षतिपूर्ति रकम बितरण कार्यक्रम सम्पन्न गरेको छ । समुह प्रमुख धन कुमारी बि।क को सभापतित्व, गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माको प्रमुख आतिथ्यता, प्रशासकीय अधिकृत तुल बहादुर बि।क को बिशिष्ट आतित्थ्यता, वडा नम्बर ६ का वडा सदस्य मनोज थापा, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड गलकोट शाखाका शाखा प्रबन्धक लक्ष्मण सापकोटा, युनियन लाइफ इन्स्योरेन्स गलकोट शाखाका प्रबन्धक कमल सापकोटा, स्थानिय ठुलाथर टोल बिकास समिति अध्यक्ष कर्ण बहादुर पुन, नवदुर्गा ज्योति प्रा। बि का ब्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर पुन , निर्धन उत्थान लघुवित्त गलकोट शाखाका कर्जा अधिकृत प्रभात कुमार शाह अतिथि रहनु भएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य समुह सदस्य निम्मा श्रीसले गर्नुभएको थियो । मन्तव्यको क्रममा कर्जा अधिकृत शाहले निर्धन उत्थान लघुवित्तको स्थापना सङ्गै संस्थाले गरेको कार्यहरु माथि प्रकाश पार्नु भएको थियो। मन्तव्य दिनुहुने अतिथिहरु युनियन लाइफका प्रबन्धक कमल सापकोटा , वडा सदस्य मनोज थापा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पुनले निर्धन उत्थान लघुवित्तको सामाजिक उत्तरदायित्वका कार्यक्रम अत्यन्तै प्रभावकारि रहेको हुदा समुहमा आबद्ध दिदिबहिनीहरुले कर्जाको सदुपयोग गर्दै सिङ्गो गलकोटलाई आर्थिक समृद्धिको मार्गमा लैजानुपर्ने बतानुभयो । शाखा प्रबन्धक सापकोटाले मृत आत्माको चीर शान्तिको कामना तथा परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै निर्धन उत्थान लघुवित्तले गरेका सामाजिक उत्तरदायित्वहरु बारे प्रकाश पार्नु भयो।प्रसासकिय अधिकृत तुल बहादुर बिक ले निर्धन उत्थान लघुवित्तले गलकोट नगर भित्र सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर गर्दै आएको र सिपमुलक तालिमका कार्यक्रम समेत गरेको त्यस्ता कार्यक्रममा नगरपालिकासङ्ग समन्वय गरेको, कोरोना बिपतमा समेत नगरपालिकाको कोरोना विपत कोषमा सहयोग गरेको भन्दै संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।

हिजोका दिनमा लघुवित्तहरुले समाजमा नराम्रो प्रभाब पारेकाले लघुवित्तहरु लाई गलकोटबाट हटाउनु पर्छ भन्दै नगरमा थुप्रै उजुरि परेको र त्यसमा आफुले लघुवित्त संस्थाहरु नेपाल राष्ट्र बैक बाट स्विकृति लिएर आएर आफ्नो कारोबार गर्न इजाजत पाएको हुदा उनिहरु वैधानिक रहेकोले नगरपालिकाले केहि गर्न नसक्ने अर्थात नगरपालिकाको क्षेत्राधिकार भित्र नपर्ने हुदा कारोबार गर्दा सदस्यहरुनै सतर्क भएर धेरै सस्थाबाट कारोबार गर्न नहुने बताएको सुनाउनु भयो।प्रमुख प्रशासकीय अधिकृत शर्माले निर्धन उत्थान लघुवित्त राष्ट्रबैक बाट स्विकृति प्राप्त सस्था भएको हुदा उसले गर्ने सबै कार्यक्रम बिधिसङ्गत रहने हुदा समुहमा रहेर इमानदारीताका साथ कर्जा कारोबार गर्न समुह सदस्यहरुलाई आग्रह गर्नु भयो । संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गरिरहने हुदा यसलाई निरन्तरता दिनु पर्ने र आगामी दिनमा संस्थाको अझ प्रगति भएको हेर्ने इच्छा जाहेर गर्नुभयो । कार्यक्रममा स्थानीय बुद्धिजीवी , समुह सदस्य , अभिभावक सहित करिब २५ जनाको सहभागीता रहेको कार्यक्रमको सन्चालन झबिन भण्डारीले गर्नु भएको थियो ।

293 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal