काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

२०७८ माघ १४ गते, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिए ।

उनले बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका थिए । कार्यसमिति बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको बताइएको छ ।

त्यस्तैगरी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि अनुरोधसमेत गरिएको छ ।

बैठकमा सामेल हुनका लागि लिङ्क एसएमएसमार्फत पठाइने काँग्रेसले जनाएको छ ।

282 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal