गठबन्धन एमालेसँग तर्सियो: सचिव विष्ट

२०७८ माघ १४ गते, शुक्रबार

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनले एमालेसँग तर्सिएर निर्वाचन सार्न खोजेको दाबी गरेका छन्।

विष्टले सरकार संविधान र कानूनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको पनि बताए। उनले लोकतान्त्रिक अभ्यासबाट नभाग्न पनि आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन। लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर। अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर।’

144 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal