वैदेशिक यात्रा बाट फर्किदै गरेका कपिलवस्तुका युवा बेपत्ता

२०७८ माघ १४ गते, शुक्रबार

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६ निवासी अन्दाजी ३० वार्षिय युवा रिम बहादुर खड्का (रने) वैदेशिक रोजगारीबाट स्वदेश फर्कने क्रममा सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी यात्राबाट फर्किएको ६ दिन भयो ।अहिले परिवार संग सम्पर्क बिहिन भएका छन । उनी माघ ९ गते बिहान अन्तरास्ट्रिय बिमानस्थल काठमाडौ र आएपछि सोही साझ नाईट गाडी चडेर घर आउने परिवार संगको फोन सम्वातमा कुरा भएको परिवारले जनाएको छ ।

त्यसपछि उक्त दिन बाट परिवार संग उनी सम्पर्कमा नरहेको बताएका छ्न । खड्का सङ १ थान टि भि, ब्लाङ्केट नेपाली रुपैया अन्दाजी दुई लाख र परिवारलाई खानेकुरा समेत ल्याएको उनकि श्रीमतिले जान्कारि दिएकि छिन । उनि वैदेशिक यात्रामा नफर्किने र नेपालमै केहि गर्ने उद्देश्यका साथ नेपाल आएका थिए । उनको खोजिका लागि परिवार दिनरात यताउता भैतारिरहेका छन तर केहि कुरा पता लागेको छैन । खड्कालाई खोजी दिन परिवारले नेपाल प्रहरि ,आफन्त, ईस्ट्मित्र ,सन्चारकर्मि विभिन्न संघसंगठन सग अपिल गरेका छन ।

उनि साउदि अरेबियामा वैदेशिक रोजगारीका लागि तिन बर्ष पहिलाबाट कार्यरत थिए । बेला बेला घरपरिवार संग भेटघाटका लागि पनि आउने जाने गरेको परिवारले बताएका छ्न । उनका एक छोरा र पत्नी रहेका छ्न । कोहि कसैले देखेमा नजिकैको प्रहरी कार्यलय वा उनका आफन्त को सम्पर्कनम्बर 9800722553, 986-3631611, 9867225422 मा सम्पर्क गरिदिनु हुन अनुरोध समेत गरिएको छ ।

443 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal