निर्वाचनको मिति तय गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले गर्यो बिरोध पर्दशन

२०७८ माघ १५ गते, शनिबार

कपिलवस्तु । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुले स्थानीय चुनाबको मिति घोषणा गर्न माग गर्दै आज चन्द्रौटामा बिरोध जुलुश निकालेको छ ।

May be an image of 5 people and people standing
May be an image of 1 person, standing, outdoors and crowd

देउवा सरकारले स्थानीय चुनाब लाई पर सार्न षड्यन्त्र गरिरहेको भन्दै राष्ट्रिय युवा संघ नेपाल ले देश ब्यापी रुपमा बिरोध पर्दशन गरेको छ । जनप्रतिनिधि बिहिन स्थानीय सरकार राख्ने गठबन्धन सरकारको षडयन्त्र विरुद्ध आज कपिलवस्तुको चन्द्रौटामा पनि बिरोध पर्दशन तथा राकेँ जुलुश निकालेको हो ।

May be an image of 10 people, people standing, fire and outdoors

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सन्दिप मौर्या, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष कृष्णा कार्किको उपस्तिथितिमा कपिलवस्तुको चन्द्रौटामा रहेको संजिवनी सामुदायिक अस्पताल देखि चन्द्रौटा चोक सम्म राकेँ जुलुश निकालेको थियो । कार्यक्रममा नेकपा एमालेका कृष्णनगर नगर कमिटी इन्चार्ज टोपलाल पोख्रेल, शिबराज नगर कमिटी अध्यक्ष जगत पौडेल, शिबराज नगर कमिटी उपाध्यक्ष महादेब पोख्रेल लगायत कपिलवस्तुको दक्षिण पश्चिम क्षेत्रका एमाले नेता कार्यकर्ता हरुको बाक्लो उपस्थिति रहेको थियो ।

राकेँ जुलुश निकाल्ने क्रममा सामान्य प्रहरी हस्तक्षेप भएता पनि स्थानीय नेता कार्यकर्ताको उत्त्साहजनक उपस्थिति पश्चचात प्रहरी हस्तक्षेप कम भएको हो ।

May be an image of 7 people, people standing, outdoors and crowd

नेकपा एमाले कपिलवस्तुका नेता कार्यकर्ता र जनबर्गिय संगठनका कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा सयौँको उपस्थिति रहेको थियो ।

May be an image of 5 people, people standing, road and crowd

पर्दशनका क्रममा पर्दशनकारिले ूस्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर, संबिधान र लोकतन्त्रको रक्षा गर, नेकपा एमाले एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दाबादू जस्ता नाराहरु लगाएका थिए ।

May be an image of 8 people, beard and people standing
May be an image of 6 people and crowd
474 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal