कांग्रेसको भोटसँग एमसीसी साट्ने प्रचण्ड र माधवको निर्णय

२०७८ माघ १७ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसको भोटसँग एमसीसी साट्ने निर्णय गरेका छन । उनीहरूको निर्णयसँगै अब सत्ता गठबन्धन एपसीसी संसदबाट अनुमोदन गर्न एकमत भएको छ ।

नेपाली कांग्रेसले सबै चुनावमा गठबन्धन नतोडी अघि बढ्ने र माओवादी र समाजवादीका केही नेतालाइ चुनाव जिताइदिने आश्वास दिएपछि प्रचण्ड र माधव एमसीसी अनुमोदनका लागि सहमत भएको बालुवाटार स्रोतले जनाएको छ । ती नेताका अनुसार एमसीसीको जगमा परमादेशबाट गठन भएको सरकारको मुल काम बल्ल हुन लागेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन तोड्ने धम्की दिएपछि आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने भए एमसीसी पास गर्न सहयोग गर्न आफूहरु राजी भएको उनीहरूले आफ्ना निकटका नेतासँग ब्रिफिङ गरेका छन । अस्ती शुक्रबार र शनिवार बालुवाटारमा भएको छलफलमा एमसीसी पास गर्न सहयोग गरेर निर्वाचनमा मिलेर जान आफू तयार भएको देउवाले प्रचण्ड र माधव नेपाललाई बचन दिएका छन ।

शनिबारको बैठकमा सरकार सञ्चालन संयन्त्रका संयोजक रामचन्द्र पौडेल पनि सहभागी भएका थिए । उनले बैठकपछि एमसीसी पास गर्न प्रचण्ड र माधव नेपाल तयार भएको बताएका थिए । देउवा, प्रचण्ड र नेपालको बीचमा भएको सहमति अनुसार १० दिनभित्रै संसदमा एमसीसी प्रस्तुत गर्ने सहमति भएको छ ।

122 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal