घरमा आगलागी हुँदा जलेर वृद्धको मृत्यु

२०७८ माघ १८ गते, मंगलवार

कञ्चनपुर । घरमा लागेको आगलागीमा परी भीमदत्त नगरपालिका-९ का करिब ७० वर्षीय पदम ऐरीको मृत्यु भएको छ।

चिसो छल्न गोठमा बालेको आगो सल्किएर घरमा आगलागी हुँदा सोमबार राति करिब ८ बजे पदमको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

‘चिसो छल्नका लागि गोठमा बालेको आगो घरमा सल्किएको रहेछ‚’ शाहले भने‚ ‘त्यसमै परेर बृद्धको मृत्य भयो।’ परिवारका अन्य सदस्य भने सुरक्षित रहेको उनले बताए।

285 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal