चेम्बरको उपसमितिमा हाट बजार व्यावसायि बस्तुगत समिति गठन

२०७८ माघ २० गते, बिहीबार

कपिलवस्तु । नेपाल चेम्बर अफ कमर्स कपिलवस्तुको उपसमिति रहने गरि हाट बजार व्यबसायी बस्तुगत समिति गठन गरिएको छ । नेपाल चेम्बर अफ कमर्स कपिलवस्तुले आफ्नो क्षेत्र भित्र रहेका व्यबसायिहरु लाई एकीकृत गर्दै उपसमिति गठन गरेको हो ।

नेपाल चेम्बर अफ कमर्स का केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष महादेव पोख्रेलको अध्यक्षतामा बसेको चेम्बर अफ कमर्स कपिलवस्तुको बैठकले उपसमिति गठन गरेको हो ।

No description available.

हाट बजार व्यावसायी बस्तुगत समितिको अध्यक्षमा रजत गुप्ता, उपाध्यक्षमा रित्तिक थापा, सचिबमा अनिल मौर्या, उपसचिवना दिनदयाल गिरि, कोषाध्यक्षमा रमेश अर्याल सहित १५ सदस्यीय उपसमिति गठन गरिएको हो ।

No description available.

बैठकमा चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष महादेव पोख्रेल, उपाध्यक्ष प्रेमकला पौडेल, महासचिब गोपाल बन्जाडे लगायत चेम्बर अफ कमर्स कपिलवस्तुका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै हाटबजार व्यावसायीका समस्या समाधान गर्न चेम्बर ले सहयोगीको रुपमा भुमिका खेल्ने नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा कपिलवस्तु अध्यक्ष महादेव पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा हाट बजार व्यावसायी,चेम्बर पदाधिकारीको उपस्थितिमा चेम्बर उपाध्यक्ष प्रेमकला पौडेलको स्वागत मन्तब्य तथा महासचिव गोपाल बन्जाडेको संचालनमा कार्यक्रम सम्पन्न भयो ।

154 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal