रियललाई हराउँदै बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा

२०७८ माघ २१ गते, शुक्रबार

एजेन्सी । रियल मड्रिडलाई हराउँदै एट्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बिल्वाओले रियललाई १–० ले पराजित गरी अन्तिम चारमा पुगेको हो ।

बिल्वाओको जितमा एलेक्स बेरेनगुएरले खेलको ८९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यससँगै बिल्वाओले रियलसँगको लगातार चार खेलसम्मको हारको श्रृङ्खलालाई पनि तोडेको छ ।

149 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal