पत्रकार कमलराज राईको हृदय घातका कारण निधन

२०७८ माघ २१ गते, शुक्रबार

काठमाडौं । पत्रकार कमलराज राईको हृदय घातका कारण निधन भएको छ । बिहीबार साँझ उपचारका क्रममा मित्रापर्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा पत्रकार राईको मृत्यु भएको हो ।

पछिल्लो समय सामान्य बिरामी रहेका राईलाई बिहीबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहीबार बिहान अचनाक राईको स्वास्थयमा समस्य आएपछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । भेन्टिलेटरको आवश्यक्ता परेपछि थप उपचारका लागि नेपाल–भारत मैत्री अस्पताल लगिएको थियो । राईको उपचारको क्रममा सोही अस्पतालमा निधन भएको हो ।

४५ वर्षीय राई दुई दशकदेखि पत्रकारीतामा सक्रिय थिए । पछिल्लो समय उनी प्रभाव राष्ट्रिय दैनिकको सम्पादक रहेका थिए । राई नेपाल पत्रकार महासंघ काठमाडौं शाखा कार्यसमिति सदस्यसमेत रहेका थिए । उनी गत साल सम्पन्न महासंघको सदस्यमा खुला तर्फबाट सर्वाधिक मत ल्याई विजयी भएका थिए ।

ओखलढुंगाको उबु गाउँमा जन्मिएका राईले माउन्टेन टेलिभिजन, सौर्य दैनिक, सिटिपोष्ट दैनिक, कमाण्डर पोष्ट दैनिकका साथै खम्बुवान पत्र, न्युज अप्रेसन, नयाँसन्देश साप्ताहिक, गोरखा सैनिक आवाज साप्ताहिक आवाजलगायतका धेरै सञ्चारमाध्यममार्फत् पत्रकारिता गरेका थिए ।

त्यस्तै उनी पछिल्लो समय खासखबर साप्ताहिकको प्रकाशक र सम्पादकसमेत रहेका थिए । उनले पछिल्लो समय अर्थ सवाल साप्ताहिक, तामोकाशी साप्ताहि९कमा नियमित लेखन पनि गर्दै आएका थिए ।

राईको पार्थिव शरीर अन्तेष्टिको लागि शुक्रबार बिहान उनकै गाउँ ओखलढुंगाको उबु लगिएको छ ।

335 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal