एकीकृत समाजवादीका नागेन्द्र राय राज्यमन्त्री बन्दै

२०७८ माघ २३ गते, आईतवार

जनकपुरधाम । मधेश प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट आज एक राज्यमन्त्री थपिँदै छन्। मुख्यमन्त्री लालबाबु राउत र समाजवादीबीच भएको सहमतिअनुसार राज्य मन्त्री थप्ने तयारी छ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित नागेन्द्र राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गर्न लागिएको छ।

यादवलाई आज राज्यमन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

मुख्यमन्त्री राउतले यसअघि जसपाका रामनरेश रायलाई बर्खास्त गरेर एकीकृत समाजवादीका तर्फबाट शत्रुधन महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र प्रमोद यादवलाई कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री नियुक्त गरेका थिए।

मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति थियो। मधेशमा जसपा, नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादीको सरकार छ।

168 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal