साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

२०७८ माघ २३ गते, आईतवार

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेर १ हजार २ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

137 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal