समृद्ध नेपाल, सुखी नेपालीको नेतृत्व गर्ने पार्टी एमाले हो: अध्यक्ष ओली

२०७८ माघ २३ गते, आईतवार

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेतृत्व गर्ने पार्टी एमाले भएको बताएका छन् । वसन्त पञ्चमीको अवसरमा एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ देशको साझा आकांक्षा भएकाले त्यसलाई एमालेले गन्तव्य बनाएको उल्लेख गरेका छन् ।

“समृद्ध नेपाल, सुखी नेपालीको हामी नेपालीको साझा राष्ट्रिय आकांक्षा हो र नेकपा ९एमाले०ले यसलाई गन्तव्य बनाएको छ,” शुभकामना सन्देशमा भनिएको छ,“यस उद्देश्यलाई प्राप्त गर्न स्पष्ट दूरदृष्टि, तदनुसारका नीति र कार्यक्रमहरुलाई हामी अवरोध गर्न दिँदैनौँ ।”

अध्यक्ष ओलीले वसन्त पञ्चमीको ऐतिहासिक महत्वको पनि चर्चा गरेका छन् । “यस दिनलाई बालबालिकाको अक्षर आरम्भ गर्ने दिनका रुपमा पनि चिनिन्छ,” उनले भनेका छन्,“वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइँदै आएको यस पर्वको सम्बन्धमा प्राकृतिक विभाजनसँग पनि रहेको छ ।”

ओलीको सन्देशमा सरस्वतीलाई विद्याकी देवीको रुपमा पनि मानिएको उल्लेख छ ।

133 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal