निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल

२०७८ माघ २३ गते, आईतवार

बागलुङ । नेकपा (एमाले)का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताएकी छिन् । प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताएकी हुन् ।

उनले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरिन् । “संविधान, कानुनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहनसक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन”, नेत्री अर्यालले भनिन् ।

उनले संविधानको कार्यान्वयनमा कुनैपनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताइन् । उनले भनिन्, “संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइन ।”

228 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal