प्रदेश १का नवनियुक्त मन्त्रीले लिए शपथ

२०७८ माघ २३ गते, आईतवार

विराटनगर । प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

त्यसक्रममा मुख्‍यमन्त्री राजेन्द्र राईलगायत अन्य उच्‍च पदस्थहरूको समेत सहभागिता थियो। मुख्यमन्त्री राईले आजै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आइतबारको मन्त्रिपरिषद् विस्तारसँगै अब प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ।

निवनियुक्त मन्त्रीहरू खानेपानी‚ सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई‚ सामाजिक विकासमन्त्रीमा राजन राई‚ पर्यटन तथा सांस्कृति मन्त्रीमा खिनु लङ्वा लिम्बू‚ कृषिमन्त्रीमा झलकबहादुर मगर‚ वन‚ वातावरण तथा भू-संरक्षणमन्त्रीमा शेखर चन्द्र थापा‚ उद्योग‚ श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम​‚ भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रशाक सरावगी र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र प्रसाद घिमिरेले शपथ लिएका हुन्।

जयराम यादवले यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पाएका थिए भने अहिले उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुईजना मन्त्री बनेका हुन्। प्रदेश १ मा ६ वटा मन्त्रालय विभाजन गरी १२ बनाइएको थियो। तर‚ भागबण्डा नपुगेपछि पुनः मन्त्रालय फुटाएर १३ बनाएको छ।

326 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal