सिंहदरबार परिसरमा ‘कालो बेलुन’ उडाउने युवा संघका नेता पक्राउ(फोटोफिचर)

२०७८ माघ २३ गते, आईतवार

काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएर प्रदर्शन गरेको छ । निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन भन्दै युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएर प्रदर्शन गरेको हो ।

निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता बिरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामा पक्राउ परेका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट जनसंगठनहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

256 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal