प्रचण्डलाई घुडा टेकाउने यी हुन् हिम्मतिला पत्रकार, एमसीसीमा यसरी छलछाम

२०७८ माघ २५ गते, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्न समय मागेर एमसीसी मुख्यालयलाई पत्र लेखेको पुष्टि भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत कात्तिक १८ गते जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलत (ग्लास्गो सम्मलेन)बाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग ‘एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्छौं भनेर मैले र प्रचण्डजीले संयुक्त पत्र पठाएर उहाँहरुलाई आश्वस्त पारेका छौं’ भनेर खुलासा गरेका थिए ।

तर यो कुरालाई प्रचण्डले अस्वीकार गरेका थिए । उनले एमसीसी अघि बढाउन राष्ट्रिय सहमति खोज्ने भनेर उम्किएका थिए । सार्वजनिक कार्यक्रममा पनि उनले यथास्थितिमा एमसीसी पास नहुने भनेर सबैलाई गुमराहमा राखिरहेका थिए । तर प्रचण्डको यो भ्रमपूर्ण खेलको आइतबार अन्त्य भएको छ ।

प्रचण्डले हस्ताक्षर नै गरेर एमसीसी मुख्यालयलाई एमसीसी पारित गर्ने भनेर पठाएको पत्र सार्वजनिक भएको छ । यो पत्र सार्वजनिक गर्ने हिम्मतिला पत्रकार हुन् खगेन्द्र भण्डारी । भण्डारीले एमसीसीमा द्वैध चरित्र प्रस्तुत गरेर खेलिरहेका प्रचण्डलाई घुडा टेकाएका छन् ।

आफ्नो हस्ताक्षरसहित पत्र सार्वजनिक भएपछि प्रचण्डले राष्ट्र हित र गठबन्धन जोगाउन पत्र लेखेको स्वीकार गरेका छन् । एमसीसीलाई राष्ट्रघात भन्दै देशभर माओवादी कार्यकर्ता विरोधमा उत्रेका बेला प्रचण्डले भने राष्ट्र हितका लागि एमसीसी मुख्यालयमा प्रधानमन्त्री र आफूले हस्ताक्षर गरेर पत्र लेखेको तर्क गरेका छन् ।

जे होस् प्रचण्ड एमसीसी मुख्यालयलाई पत्र लेखेको स्वीकार्न बाध्य भएका छन् । प्रचण्डको झुठ उतार्ने पत्रकार भण्डारी अनलाइन खबरमा कार्यरत छन् । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन खबरमा पत्रकार भण्डारीले देउवा र प्रचण्डले हस्ताक्षर गरेको पत्र आइतबार विहान सबैभन्दा पहिला ब्रेक गरेका थिए ।

डडेल्धुरा घर भएर राजधानीमा विगत डेढ दशकयता पत्रकारिता गर्दै आएका भण्डारी प्रेस युनियनका नेता पनि हुन् । यसअघि उनले राष्ट्रपतिले प्रधानमन्त्री स्थानीय चुनाव गराउन भनेर दिएको निर्देशन पत्र पनि सार्वजनिक गरेका थिए । जसमा राष्ट्रपति भण्डारीले पदीय मर्यादा नाघेकी थिइन् ।

323 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal