माओवादीलाई सखाप पार्न देशीविदेशी प्रतिक्रियावादी लागेको अध्यक्ष दाहालको आरोप

२०७८ माघ २५ गते, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीलाई सखाप पार्न देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु लागेको आरोप लगाउनु भएको छ।

आज नेत्रविक्रम चन्द नेतृत्व नेकपाको जिल्ला समितिलाई माओवादीमा प्रवेश गराउँदै उहाँले माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरुले कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको आरोप लगाउनु भएको हो ।

माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको दावी समेत गर्नु भएको छ । जनतासँग जोडिँदै माओवादी आन्दोलनलाई केन्द्रित गरेर विजयी हुने उहाँको तर्क छ ।

आफूहरुलाई कसैले परास्त गर्न नसक्ने बताउदै उहाँले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति हुने पनि बताउनुभयो ।

आफूहरु रणनीतिक सोचका साथ अगाडि बढेको भन्दै उहाँले क्रान्ति गरिन्छ भन्दै माओवादी छाडेकाहरु अहिले मूल पार्टीमै फर्किन थाल्नु सकारात्मक भएको उल्लेख गर्नुभयो ।

116 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal